Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो फुटसल प्रतियोगिताको उपाधि आयोजक कोभिड १९ ‘ए’ लाई

स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो फुटसल प्रतियोगिताको उपाधि आयोजक कोभिड १९ ‘ए’ लाई

images

इच्छाकामना न्युज

१७, बैशाख २०८०
स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो फुटसल प्रतियोगिताको उपाधि आयोजक कोभिड १९ ‘ए’ लाई
images

चितवन । स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो कोभिड १९ खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि आयोजक कोभिड १९ ’ए’ ले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा क्षेत्रपुर फुटसल एरेनालाई हराउँदै आयोजक टिम समेत रहेका कोभिड १९ ‘ए’ च्याम्पियन बनेको हो ।

चितवन फुटसल एण्ड स्पोर्ट्स जोन भरतपुर ७ मा भएको उपाधि भिडन्तमा कोभिड १९ लाई च्याम्पियन बनाउन उर्गेन शेर्पाले एक मात्र निर्णायक गोल गरे । कोभिड १९ ’ए’ का अशोक मगर म्यान अफ दि म्याच चुनिए ।

विजेता बनेको कोभिड १९ ’ए’ ले नगद ५१ हजार ५०० रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेतामा सीमित क्षेत्रपुरले २६ हजार ५०० प्राप्त गरेको छ ।

आयोजकका उर्गेन शेर्पा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । आयोजककै आशिष डङ्गोल उत्कृष्ट गोलरक्षक, नारायण क्षेत्री उदयमान खेलाडी, प्रकाश बगाले उत्कृष्ट प्रशिक्षक तथा क्षेत्रपुरका रोजल दाहाल सर्वाधिक गोलकर्ता बने ।

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, सह प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल ९वाईबी० लगायतले पुरस्कार वितरण गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ०९:४६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology