भरतपुर । नेपाल दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा मंगलराम दरै निर्वाचित भएका छन्। शुक्रबार र शनिबार नवलपुरको अरूणखोलामा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट मंगलरामको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
आगामी चार वर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चिजबहादुर दरै, उपाध्यक्षमा रामचन्द्र दरै र ज्योतिमाया दरै चयन भएका छन्।
यस्तै समाजको महासचिवमा रामु दरै, सचिवमा खुबलाल दरै, यमबहादुर दरै र वेलबहादुर दरै चयन भएका छन्। कोषाध्यक्षमा भने दिलबहादर दरै चयन भएका छन्। देशभरका दरै समुदायलाई एकै ठाउँमा उभ्याउनको लागि पनि दरै उत्थान समाजको गठन भएको हो। यो संस्थाले स्थापना भएदेखि दरै जातिको भाषा, धर्म र संस्कृति संरक्षण तथा सम्वर्द्वन गर्दै आएको छ।
प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार -
२२:२२:२५ बजे
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।