Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जलविरेबाट चोरी भएको स्कुटर सहित इच्छाकामना चनौटेका मोतिराम घर्ती गोरखा बजारबाट पक्राउ

जलविरेबाट चोरी भएको स्कुटर सहित इच्छाकामना चनौटेका मोतिराम घर्ती गोरखा बजारबाट पक्राउ

इच्छाकामना न्युज

४, बैशाख २०८०
जलविरेबाट चोरी भएको स्कुटर सहित इच्छाकामना चनौटेका मोतिराम घर्ती गोरखा बजारबाट पक्राउ
images

गोरखा । गोरखामा चोरेको स्कुटर सहित एक जना पक्राउ परेका छन । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका ६ चनौटेका २० वर्षीय सुवास भन्ने मोतिराम घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । विगत केहि दिनदेखि मोटरसाइकल चोरीका घटना बढ्दै गइरहेकोले प्रहरीले चेकजाँच गर्ने कार्यलाई तिव्रता दिएको थियो ।

images
images

सोही क्रममा गोरखा नगरपालिका वडा नं ६ हरमटारी चोकबाट स्कुटरसहित मगरलाई पक्राउ गरिएको हो । बा ३५ प ४७५० नं. को स्कुटरसहित उनलाई पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।

उनका अनुसार सोहि नम्बरको स्कुटर चितवन ईच्छाकामना गाउँपालिका ६ जलबिरे स्थित सडकखण्डबाट पार्किङ गरी राखेको अवस्थामा आइतबार हराएको थियो । ईलाका प्रहरी कार्यालय मुग्लिन चितवनबाट खोजिदिनका लागि पत्राचार आएपछि गोरखामा पनि खोज अनुसन्धान सुरु भएको थियो ।

चेकजाँचको क्रममा स्कुटरको सवारी दर्ता किताब पेश गर्न नसकेको र स्कुटर चोरी गरी ल्याएको हुन सक्ने शंका लागेपछि स्कुटर सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवन पठाएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २२:१२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology