Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछानेको चालक खस्दा उधोमुन्टो गरी खसेको सिसिटिभी फुटेजमा देखियो, आत्महत्या गरेको नहुन सक्ने प्रहरीको आँकलन

रवि लामिछानेको चालक खस्दा उधोमुन्टो गरी खसेको सिसिटिभी फुटेजमा देखियो, आत्महत्या गरेको नहुन सक्ने प्रहरीको आँकलन

इच्छाकामना न्युज

४, बैशाख २०८०
रवि लामिछानेको चालक खस्दा उधोमुन्टो गरी खसेको सिसिटिभी फुटेजमा देखियो, आत्महत्या गरेको नहुन सक्ने प्रहरीको आँकलन
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ । सीसीटीभी फुटेजका आधारमा  उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेका शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको हो ।

images
images

त्यस्तै फुटेजमा थापा खसेलगत्तै दुई व्यक्तिहरू घटनास्थलमा देखिएका छन् । उनीहरूमध्ये एकजना सो घरमा राखिएका निजी सेक्युरिटी र अर्का प्रहरी थिए । त्यसलगत्तै तेस्रो व्यक्ति पनि त्यहाँ आउँछन् । सबैले मिलेर घाइते अवस्थामा रहेका थापालाई उठाउँछन् ।

यस्तै घटनाभएपछि प्रहरीले छतमाथि पुगेर निरीक्षण गर्दा डा. मुकुल ढकालका ड्राइभर निदाइरहेकै अवस्थामा थिए भने डा. ढकाल भने राति होटलमै सुतेको स्रोतले बतायो ।

प्रहरीका अनुसार घटना  बिहान करिब साढे १ बजे भएको हो र थप अनुसन्धान भइरहेको छ । 

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १४:०४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology