Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या, स्वास्थ्य ठिक भएपछि चितवन–२ का मतदातालाई भेट्ने प्रतिबद्धता

एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या, स्वास्थ्य ठिक भएपछि चितवन–२ का मतदातालाई भेट्ने प्रतिबद्धता

इच्छाकामना न्युज

३, बैशाख २०८०
एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या, स्वास्थ्य ठिक भएपछि चितवन–२ का मतदातालाई भेट्ने प्रतिबद्धता
images

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका हुन् ।

images
images

‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन् ।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन् । चितवनमा वैशाख ६ गते ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - २१:४५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology