आँबुखैरेनी । गत चैत १७ गते पत्रकार सम्मलेनको आयोजना गरि पार्टी छोडेको घोषणा गरेर तात्कालिन नेपाली काँग्रेस आँबुखैरेनी गाउँकमिटिका सभापति विष्णु पन्तलाई नेपाली काँग्रेसले कारबाही गरेको छ । कांग्रेसका उम्मेदवार विरुद्ध प्रचारप्रसार गरेको भन्दै कांग्रेस अनुशासन समितिले शनिबार एक विज्ञप्ती जारी गर्दै पन्त सहित २ जनालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा पन्त र क्रियाशील सदस्य राजु दाहाल रहेका छन् ।
दुवै जना पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा खुलेका छन् । कारबाहीको विषयमा पन्तसँग प्रतिक्रिया लिदा यस विषयमा आफ्नो भन्नु केही नरहेको उनले बताए । उनले भने ‘मैले पहिले नै पत्रकार सम्मेलन गरेर साथै पार्टीमै औपचारिक रुपमा राजिनामा बुझाईसकेको छ, यसैले मेरो भन्नु केही छैन ।’