Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पालुङटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने

पालुङटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
पालुङटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने
images

गोरखा । गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनताको चाहना र आवश्यकतालाई समावेश गरेर आगामी आवको बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले पालुङटारमा सञ्चालन गरिने ठूला विकासका आयोजनालाई केन्द्रीय सरकारको सहयोग हुने बताए । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटनको विकास गर्नुपर्ने बताए । उनले नगरपालिकाभित्र भूवर्गीकरण वैज्ञानिक ढङ्गले गर्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापन विज्ञ डा.कृष्णचन्द्र देवकोटाले पालुङटारभित्रको भू–वर्गीकरण गर्दा विपद्को बाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाले निश्चित समयमा नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट बनाउने र कार्यान्वयन गर्ने बताए । उनीहरुले पालुङटारको विकासमा केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चालु आवमा पालुङटार नगरपालिकाले ८० प्रतिशतभन्दा बढी वजेट खर्च गरिसकेको बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०६:४८

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०८:४६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology