Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर ११ मा एकीकृत समाजबादीका वडाध्यक्ष सहित सिंगो वडा कमिटी नै एमाले प्रवेश

भरतपुर ११ मा एकीकृत समाजबादीका वडाध्यक्ष सहित सिंगो वडा कमिटी नै एमाले प्रवेश

इच्छाकामना न्युज

२९, चैत्र २०७९
भरतपुर ११ मा एकीकृत समाजबादीका वडाध्यक्ष सहित सिंगो वडा कमिटी नै एमाले प्रवेश
images

चितवन । भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर-११ मा एकीकृत समाजवादी रित्तो बनेको छ । आज (बुधबार) सो पार्टीका वडाध्यक्षसहित सिंगो वडा कमिटी नै एमाले प्रवेश गरेको हो । एकीकृत समाजवादीका वडाध्यक्ष तिलक अधिकारीसहित सिंगो कमिटी र विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरु एमाले प्रवेश गरेका हुन् ।

images
images

एमाले भरतपुर-११ ले आयोजना गरेको कार्यक्रममा नेता गोकुल बास्कोटा,देवी ज्ञवाली,कृष्णभक्त पोखरेल लगायतले उनलाई एमालेमा स्वागत गरेका थिए । मंसिर १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले आक्रमक रुपमा पार्टी सुदृढिकरण अभियानमा लागेको छ । पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियान पश्चात पार्टी थप बलियो बनेको एमाले भरतपुर ११ का वडाध्यक्ष इश्वरी पण्डितले बताए । उनले यसपटकको निर्वाचनमा पार्टीको विरासत जोगाउने गरी अभियान संचालन गरिरहेको जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:००:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology