पोखरा । राष्ट्रिय संस्कृति संरक्षण गरौं, ट्होटें पर्व भव्यताका साथ मनाऔं’ भन्ने मुल नाराका साथ तमु सामुदायले तमु धिं नेपालको आयोजनामा पोखरामा चैत्र महिनाको अन्तिम मंगलबार ट्होटें पर्व मनाएका छन् । साउन र चैत महिनाको अन्तिम मंगलबार, वर्षमा दुई पटक तमु धिंको आयोजना ट्होटे मनाउने गरिएकोछ।एतिहासिक, तमु सभ्यता र संस्कृती एवम सद्भावको ट्होटें पर्व पोखरा रंगशालाबाट तमु भेषभुषा, बाजागाजा, झाँकीसहित साँस्कृतिक बृहद प्रदर्शनसहित लखनचोक, नयाँबजार हुँदै तमु धिं नेपालमा विशेष समारोह मनाएको हो ।
समारोहको प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा ९ नयाँबजार स्थित तमु धिं नेपालको प्राङगणमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै ट्होटें पर्वको शुभकामना ब्यक्त गर्नुभयो। उहाँले यश क्षेत्रको आदिवासी जनजाती तमुहरुलाई राज्यले माय्रै नभई यहाँको भुमी माटोले सम्मान गर्नुपर्छ त्यसैले पोखरा महानरपालिकाले आगामी दिनदेखी वार्षिक क्यालेण्डर अर्थात रातो किताबमै योजना समावेस गरि सहकार्य गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो। उहाँले गण्डकी प्रदेसमा तमुहरुको सम्मान हुनुपर्दछ भन्नुहुदै दुई वटा ट्होटें मध्ये एउटा ट्होटेंमा महानगरले सहकार्य गर्ने र हरेक सुख दुखमा पोखरा महानगर साथमा रहेको बताउनुभयो। मुलुकका सवै सामुदायको संस्कार संस्कृति जोगाउने दायित्व राज्यको भएकाले पनि राज्यले साथ, सहयोग र सहकार्यमा गर्दै जाने प्रमुख आचार्यले बताउनुभयो ।

कार्यक्रममा तमु धिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना ब्यक्त गर्नु हुँदै ट्होटें पर्व एकता, सद्भाव एवम तमुहरु इतिहास बोकेको पर्व भएको बताउनुभयो।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार, संस्कृति जोगाउनुका साथै शिक्षालाई पनि जोड दिनुपर्ने बताउनुभयो । शिक्षामा जोड दिन सके, सरकारका विभिन्न क्षेत्रमा पुग्न सकिने र विदेश पलायन हुन रोकिने विश्वास उहाँको थियो। कार्यक्रमले कुसंस्कार, गरिवी र अशिक्षा भगाउने विश्वास समेत पालिखेले लिनुभयो ।
८१ बर्षिय तेज वहादुर गुरुङले शुभकामना ब्यक्त गर्नुहुदै तमुहरुको पहिचान र तमुवानका बारेमा भनाई राख्नुभयो साथै गीत समेत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा रंगशाला गेटदेखि निकालिएको उ झाँकीहरुमा प्रथम हुन सफल भएका चिउली पाचे तमु समाज नगद ३० हजार रुपैयाँ , द्धितिय स्थान हासिल गर्न सफल भएका डडुवा दुर्छा लम्जुङ समाज नगद रु। २० हजार रुपैयाँ र तृतिय प्राप्त गरेको फुलबारी तमु समाज नगद रु। १५ हजार रुपैयाँ सहित प्रमाण पत्र र ट्रफिबाट पुरस्कृत भएका छन् । विशेष पुरस्कार रु १० हजार रुपैया सहित प्रमाणपत्र श्री ब्रेज मेस्रो घान्द्रुक तमु समाजले हात पारेका छन् ।
त्यसैगरी सान्त्वना हुने समाजहरु बगर तमु समाज, शान्ति रुपा बराहथोक तमु समाज, ताङतिङ दुध पोखरी तमु समाज र मिलिजुली विजयपुर तमु समाज सान्त्वना स्थान प्राप्त गरी नगद रु। ५/५ हजार र प्रमाण पत्रले पुरस्कृत भएका छन् । मुल्यांकन समितिको संयोजकमा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ रहनु भएको थियो भने, सदस्यहरुमा जिफान कास्कीका अध्यक्ष गुञ्ज गुरुङ, तमु धं नेपाल केन्द्रिय आमा समिति सह–सचिव बाल कुमारी तमु, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका उपाध्यक्ष श्रीजंग गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका सभा सदस्य गम बहादुर तमु गजेन्द्र रहनुभएको थियो । मुल्यांकनको घोषणा संयोजक सुमे श्री प्रसाद तमुले गर्नुभएको थियो।

उक्त अवसरमा विभिन्न समुदायको संघसंस्थामा नव निवार्चित पदाधिकारी तथा सदस्यहरु घलेक र फेटा र भांग्राबाट सम्मानित हुनुभएको छ । सम्मानित हुनुहुनेमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सचिव हुम बहादुर तमु, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रिय उपाध्यक्ष खिमा गुरुङ, सदस्यद्धय सुवेदार इन्द्र बहादुर तमु र किरण तमु रहनुभएको छ ।
त्यसैगरी, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगर, नेपाल घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङ साम्मानित हुनुभएको छ । कार्यक्रममा तमु गुरुङ कलाकार सघ नेपाल गण्डकी प्रदेशका कलाकारहरु, चिउली पाचे तमु समाज, तनहु तमु समाज, कोल्माबहाकोट तमु समाज लगायतको बिशेष प्रस्तुति रहएको थियो । तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य साँस्कृतिक संयोजक कृष्ण कुमार गुरुङ र संचालन महासचिव जुनाकुमारी तमुले गर्नुभएको थियो।
कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिका, पोखरा फाइनान्स, युवा ब्यवसायी किरण केसी, जंगबहादुर गुरुङ लालकुमारी गुरुङ ट्होटें अक्षयकोष, तमु धिं युके, धम्पुस भाइ खलकको सहयोग रहेको थियो।