Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुर अस्पतालका मेसु कृष्णप्रसाद पौडेलको कदरपत्र मोह, सामाजिक सञ्जालमा आलोचना

भरतपुर अस्पतालका मेसु कृष्णप्रसाद पौडेलको कदरपत्र मोह, सामाजिक सञ्जालमा आलोचना

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
भरतपुर अस्पतालका मेसु कृष्णप्रसाद पौडेलको कदरपत्र मोह, सामाजिक सञ्जालमा आलोचना
images

चितवन । भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालको ६७औँ वार्षिकोत्सवको अवसरमा कदरपत्र प्रति मोह देखाएको भन्दै उनको आलोचना भएको छ । आफैले हस्ताक्षर गरेर कदरपत्र लिएपछि उनको आलोचना भएको हो ।

पौडेलको नाममा तयार भएको कदरपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको पनि हस्ताक्षर छ । भरतपुर अस्पतालमा आधारित रहि इन्डेक्स जर्नलमा आफ्नो अनुसन्धान खोज पत्र प्रकाशित गरेकामा पौडेललाई कदरपत्र प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

भरतपुर अस्पतालको वार्षिकोत्सव चैत २५ गते भएको थियो ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०९:२४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology