Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आदिवासी जनजाति महासंघ (फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम

आदिवासी जनजाति महासंघ (फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम

images

इच्छाकामना न्युज

२७, चैत्र २०७९
आदिवासी जनजाति महासंघ (फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम
images

गोरखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम चयन भएकी छन् ।

फोनिज गोरखाको सोमबार सम्पन्न भएको जिल्ला भेलाले बरामको अध्यक्षतामा सात सदस्य कार्यसमिति गठन गरेको हो । फोनिज गोरखाको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा केशव गुरुङ र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् ।

समितिको सदस्यहरुमा विवर गुरुङ, लक्ष्मी श्रेष्ठ, संगीता चेपाङ चयन भएका छन् ।

समितिको सोमबार बसेको भेलाले प्रदेश र संघीय प्रतिनिधिको नाम अर्को वैठकले यचन गर्ने निर्णय गरेको समितिका सचिव केशव गुरुङले जानकारी दिए ।

साथै समितिले गोरखा जिल्लाका विभिन्न सन्चार माध्यममा क्रियाशील रहेको जनजाति पत्रकारहरुले आफू र आफनो समुदायको हकहितका साथै सन्चारकर्मीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने उनले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २२:३८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology