Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन २ मा सबै उम्मेद्वारको उम्मेदवारी कायम

चितवन २ मा सबै उम्मेद्वारको उम्मेदवारी कायम

images

इच्छाकामना न्युज

२३, चैत्र २०७९
चितवन २ मा सबै उम्मेद्वारको उम्मेदवारी कायम
images

चितवन । बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो ।

उमेदवार रवि लामिछाने विरुद्ध चार वटा उजुरी दर्ता भएपनि तीन वटामा दाबी विरोध नपुगेको र एउटामा हेर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो ।

उजुरीमाथि जाँचबुझ गरी कार्यालयले हिजो (बुधबार) उमेदवारको नामावली प्रकाशन गरेको हो । आज बिहान ९ बजेदेखि १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

त्यसपछि कार्यालयले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । आजै साँझ ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०७:५०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology