Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धादिङको गल्छीमा म्याद सकिएको ३० महिनासम्म पनि निर्माण भएन पुल

धादिङको गल्छीमा म्याद सकिएको ३० महिनासम्म पनि निर्माण भएन पुल

images

इच्छाकामना न्युज

२१, चैत्र २०७९
धादिङको गल्छीमा म्याद सकिएको ३० महिनासम्म पनि निर्माण भएन पुल
images

धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमाथि दुईवटा मोटरबेल पुल निर्माणाधीन छन् । ती पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भयो । पुल अझै निर्माण सम्पन्न भएको छैन । निर्माण व्यवसायीले कोरोना भाइरसको महामारीलाई दोष देखाएर पन्छँदै आएका थिए ।

समयमा काम नसक्दा सबैभन्दा बढी मार निर्माण व्यवसायीलाई नै पर्दै आएको थियो । पुल निर्माण गराउने निकाय भने समयमा नसके अवस्था हेरेर १० प्रतिशतसम्म हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आइरहे । स्थानीय भने समयमै पुल निर्माण सम्पन्न नहुँदा सुविधा उपभोग गर्नबाट वञ्चित हुँदै आइरहेका छन् । गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्न त्रिशूली नदीमाथि पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्तरूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गरिसक्नुपर्ने थियो । यस पुलमा ८० मिटर स्टिलपार्ट्स हुनेगरी डिजाइन भएकाले सोहीअनुसार स्टिलपार्ट्स जडान गरी रंगरोगनसमेत थियो ।

२०७८ वैशाख ४ गते शनिबार अपरान्ह आएको हावाहुरीले पुल ढल्यो । पुलमात्र ढलेन निर्माण कम्पनीलाई पाँच करोड रुपैयाँको क्षति भयो । क्षतिवापतको रकम आफूले नपाएको निर्माण व्यवसायी हरि ढकाल बताउँछन् । समयमा काम नसक्दा जरिवाना लगाउने सरकारले क्षति हुँदा पूर्ति गर्दैन । आफ्नो पाँच करोड नोक्सानी भएको उनी बताउँछन् । बिमा कम्पनीले पनि बिमा रकम नदिएको ढकालले बताए । पुलमा ८० मिटर स्टिलपार्ट्स जडान गर्नुपर्ने थियो । स्टिलपार्ट्स जडानको काम सकिँदै छ । स्टिलपार्ट्समा ढलान र तीन सय मिटर कच्ची सडक निर्माण गरिसकेपछि काम पूरा हुने भएकाले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम भइरहेको ढकालले बताए ।

लुम्बिनी र प्रकृतिले संयुक्त रूपमा १८ करोड, ६१ हजार ३९६ रुपैयाँमा गल्छी गाउँपालिकाको गल्छी र घर्तीटार जोडन पुल निर्माण गर्न २०७४ साल मंसिर २७ गते सम्झौता गरेका थिए । निर्माण कम्पनीले २०७७ साल मंसिर २६ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर विविध कारण देखाउँदै निर्माणकार्य ढिलो गर्दै आएको निर्माण कम्पनीले अब भने असारसम्ममा काम सक्ने दाबी गरेको छ । पुलमा ८० मिटर स्टिलपार्ट्स जडान गर्ने काम अन्तिम चरणमा पुगेको र स्टिलपार्ट्समा ढलान गरी दायाँबायाँ मोटर बाटो बनाएपछि पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी लंकु केसीले बताए । स्थानीय सरकारको नियमन गर्ने प्रक्रिया र निर्माण कम्पनीको कार्यशैलीप्रति आजित भएका छन् ।

२०७७ साल मंसिर महिनामा सम्पन्न हुनुपर्ने पुल ३० महिनासम्म पनि सम्पन्न नहुँदा देशमा सरकार छैन कि जस्तो लाग्ने स्थानीय बताउँछन् । पुल नबन्दा गाउँमा मोटर ल्याउन चर्को भाडा तिर्नुपर्नेको छ । थोरै सामान ढुवानी गर्न पनि महँंगो परेको छ । पुल निर्माण सम्पन्न भए खेतबारीबाट दैनिक रूपमा तरकारी गाडीबाट पठाउन सकिन्छ । ढुवानी खर्च कम लाग्ने स्थानीयको भनाइ छ । यी दुई पुल सञ्चालनमा आएपछि तीन हजार किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । ती परिवारको अहिलेको तुलनामा ३० प्रतिशत वार्षिक आम्दानी बढाउन सक्ने अनुमान छ । 

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २२:०३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology