तनहुँ । यहि बैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउनको निम्ति शहरदेखि गाउँ सम्म घण्टीको लहर छाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई जिताउन यति बेला तनहुँ १ अन्तर्गत आँबुखैरेनी गाउँपालिकाको बजार देखि गाउँ–गाउँसम्म घण्टीको लहर छाएको हो । पुराना तथा भष्ट्र नेताबाट आजित बनेका जनताहरु अब देशको मुहार फेर्न घण्टीमा भोट हाल्न उत्साहित भएका छ्न ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले उपनिर्वाचन तयारीको लागि विभिन्न वडामा भेला सम्पन्न गर्दै आएको छ । राम श्रेष्ठको सभापतित्वमा आज मंगलबार वडा नं। ५ मा सम्पन्न वडा भेलाले अस्मिर गुरुङलाई वडा संयोजक चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीका उपसंयोजक अनिल मल्लले जानकारी दिए।