Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाँच वर्षपछि रास्वपाकै नेतृत्वमा सरकार बन्छ : रवि लामिछाने 

पाँच वर्षपछि रास्वपाकै नेतृत्वमा सरकार बन्छ : रवि लामिछाने 

इच्छाकामना न्युज

२०, चैत्र २०७९
पाँच वर्षपछि रास्वपाकै नेतृत्वमा सरकार बन्छ : रवि लामिछाने 
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षपछि रास्वपाको एकल नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। वैशाख १० मा हुन लागेको चितवन–२ को उपनिर्वाचनमा उम्मेदवारी दिनुअघि पार्टी कार्यालयमा गरेको सम्बोधनका क्रममा सभापति लामिछानेले भने, ‘आगामी पाँच वर्षपछि हामी पहिलो शक्ति बन्छौँ। र, रास्वपाकै एकल नेतृत्वमा सरकार बन्छ।’ 

images
images

आफूमाथि विभिन्न खालको लाञ्छाना लगाएर सिंगो पार्टीमाथि नै प्रहार गर्ने प्रयास भइरहेको भन्दै नेता लामिछानेले जस्तो शक्ति प्रयोग गर्न सक्छ, त्यस्तै शक्ति प्रयोग गरेर देखाउन पनि चुनौति दिएका छन्। ‘कसलाई कसरी छेक्न मन छ, आफ्नो गक्ष र क्षमताअनुसार छेके हुन्छ । सबै कुराको सामना गर्ने गरी फेरि चुनावी मैदानमा आएको छु,’ उनले भने।  

उनले आफूमाथि कसैले प्रहार गरे पनि जनताले बचाउनु नपर्नेसमेत बताएका छन् । ‘मलाई तपाईँहरूले बचाइराख्नु पर्दैन । एक जनालाई बचाइरहनु पर्दैन। हाम्रो अभियानलाई बचाइदिए पुग्छ,’ उनले भने।

images
प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - १२:२७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology