Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन २ मा मनोनयन दर्ता गरेर तनहुँ जाँदै रवि लामिछाने

चितवन २ मा मनोनयन दर्ता गरेर तनहुँ जाँदै रवि लामिछाने

images

इच्छाकामना न्युज

२०, चैत्र २०७९
चितवन २ मा मनोनयन दर्ता गरेर तनहुँ जाँदै रवि लामिछाने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ मा आफ्नो मनोनयन दर्ता गराएर तनहुँ जाने भएका छन् । तनहुँ २ मा पनि हुने उपनिर्वाचन अन्तर्गत पार्टी उम्मेदवार स्वर्णिम वाग्लेको मनोनयन दर्ताका लागि उनी तनहुँ जान लागेका हुन् । 

वैशाख १० को उपनिर्वाचन अन्तर्गत आज लामिछानेले १० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनेछन् । 

त्यसअघि बिहान ९ बजे भरतपुर महानगर–११ स्थित विशाल चोकको  पार्टी वडा कार्यालयमा नेता कार्यकर्ता भेला भएर १० बजे मनोनयन दर्ता गराउने तालिका रहेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

 त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । 
यस्तै त्यस्तै बारा २ मा रमेश खरेलको मनोनयन दर्ता गर्न पार्टी उपसभापति डिपी अर्याल पुगेका छन् । 

 

images
प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - ०८:४३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology