Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चुनावी प्रचार अभियान तीव्र पार्दै चितवन २ का उम्मेद्वारहरु

चुनावी प्रचार अभियान तीव्र पार्दै चितवन २ का उम्मेद्वारहरु

images

इच्छाकामना न्युज

१९, चैत्र २०७९
चुनावी प्रचार अभियान तीव्र पार्दै चितवन २ का उम्मेद्वारहरु
images

चितवन । चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ ।

चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लागेका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुटेका छन् ।

जीतनारायण श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् । रवि र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उनको गुनासो छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा पुगेका श्रेष्ठले ‘कसैको बारेमा बोल्दा हार्दिक श्रद्धाञ्जली लेख्ने कुरामा प्रशासन गम्भिर हुनुपर्ने’ बताए । त्यस्तै उनले घण्टीप्रति लक्षित गर्दै चुनावी प्रचारमा चुनाव चिह्न बोकेर हिँड्ने कार्यको विरोध गरे ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेका रवि लामिछाने आज चितवन आउँदै छन् । स्थलमार्ग हुँदै चितवन आउन लागेका रवि इच्छाकामनाको चुम्लिङटार, कुरिनटार, लेवाटार, केबुलकार, मुग्लिङका विभिन्न कार्यक्रममा सहभागी हुने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए ।

एमालेबाट उमेदवार बन्न लागेका रामप्रसाद न्यौपाने सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् । मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार आयोजित प्रशिक्षण तथा वनभोग कार्यक्रममा सहभागी भएका न्यौपानेले चितवन २ मा गल्ति सच्याउने मौका मिलेको बताए । रविले नेपालको कानुनलाई हेप्दा चितवन २ का जनताले दुःख पाएको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - ०८:३८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology