आँबुखैरेनी । नेपाली काँग्रेस आँबुखैरेनीका सभापति बिष्णु पन्तले पार्टी छोड्ने भएको छ । एक वर्ष अघि काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति पन्तले तनहुँ १ मा हुन लागेको उपनिर्वाचनको मुखैमा पार्टी परित्याग गर्न लागेको हो । उनले पार्टी छोड्न लागेको विषयमा हिजै देखि हल्ला चलेको थियो भने पन्तले बजार हल्ला स्विकार गरेका छ्न । यहि विषयमा आज बेलुका ५ बजे बरादी स्थित ओदान रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्यागको घोषणा गरिने उनले बताए । उनले आफू नेपाली काँग्रेस पार्टि परित्याग गरेर स्वतन्त्र बस्ने र तत्काल कुनै पार्टीमा नजाने बताए । यधपी बजारमा भने उनले नेपाली काँग्रेस पार्टी परित्याग गरेर रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको व्यापक चर्चा छ ।