Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत, चितवनमा ४७० मतदाता थपिए

उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत, चितवनमा ४७० मतदाता थपिए

images

इच्छाकामना न्युज

१६, चैत्र २०७९
उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत, चितवनमा ४७० मतदाता थपिए
images

काठमाडौँ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले बिहीबार उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरू चितवन २ बारा २ र तनहुँ १ लाई समेत समेटेर देशभरको अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको हो ।

स्वीकृत मतदाता नामावली बमोजिम वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाताको संख्या ८८,५२,०४६, पुरुष मतदाताको ९१,४९,३३५ र अन्य १८५ जना गरी जम्मा कुल १,८०,०१,५६६ जना मतदाताको रहेका छन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा महिला मतदाता ८८, ४७,५७९ र पुरुष मतदाता ९१,४०, ८०६ जना थिए । यस्तै अन्य १८५ गरी जम्मा १,७९,८८,५७० जना रहेका थिए । उपनिर्वाचनसम्म आइपुग्दा १२ हजार ९९६ मतदाता वृद्धि भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मंसिर ४ को निर्वाचनमा चितवन २ मा १,२४,२१५, बारा जिल्ला २ मा १,०५,०११ र तनहुँ १ मा १,२३,४९० मतदाता रहेका थिए । आज स्वीकृत नामावलीअनुसार चितवन २ मा ४७० थप भई १,२४,६९५ मतदाता पुगेका छन् । 

यस्तै बारा २ मा २३७ थप भई १,०५, २४८ र तनहुँ १ मा १८५ घटेर १,२३,३०५ मतदाता कायम भएको पौड्यालले जानकारी दिए। यसैगरी आयोगको निर्णयानुसार देशभर १०,८९२ मतदान स्थल र २२, २३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने उनले बताए।

आयोगको निर्णयअनुसार चितवन जिल्लामा फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ देखि लागू हुने अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको आयोगले जनाएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य जारी रहेको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - २२:२२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology