Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘कोशी प्रदेश’ नामकरणविरुद्ध पोखरामा धर्ना, काठमाडौंमा बृहत् नागरिक आन्दोलन हुँदै

‘कोशी प्रदेश’ नामकरणविरुद्ध पोखरामा धर्ना, काठमाडौंमा बृहत् नागरिक आन्दोलन हुँदै

इच्छाकामना न्युज

१५, चैत्र २०७९
‘कोशी प्रदेश’ नामकरणविरुद्ध पोखरामा धर्ना, काठमाडौंमा बृहत् नागरिक आन्दोलन हुँदै
images

काठमाडौं । ‘कोसी’ प्रदेश नामकरणविरुद्ध पोखरामा धर्ना दिइएको छ । चैत ५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानविन समितिलाई दबाबस्वरुप धर्ना कार्यक्रम राखिएको हो I

images
images

‘नागरिक वाक स्वतन्त्रताको रक्षा गर्’, ‘मुक्ति लाजेहाङ लिम्बाई सहिद घोषणा गर्’, ‘चैत ५ गते भएको घटनालाई छानविन गरि दोषीलाई कारबाही गर्’, ‘नागरिक माथिको अत्याधिक बल प्रयोग बन्द गर’ लगायतको नारासहित बुधबार ११ बजे पोखराको लखन चोकमा धर्ना कार्यक्रम राखिएको थियो भने बिहीबार १२ बजे विपी चोकमा धर्ना कार्यक्रम राखिने अमृत गुरुङले जानकारी दिए।

यस्तै, प्रदेश १ पुन: नामाङ्कन संघर्ष समितिको आयोजनामा १७ गते काठमाडौंमा बृहत् नागरिक आन्दोलन हुने भएको छ । दिउँसो २ बजे माइतीघर मण्डलादेखि संसद भवनसम्म संघीय मार्च हुन लागेको हो ।

फागुन १७ गते छापामार शैलीमा प्रदेशलाई कोसी नामकरण गरेपछि अहिले देशभर बिरोध प्रदर्शन भैरहेको छ । सभ्यता र पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै आएका पहिचान पक्षधरहरूले प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटाका, झापा, सुनसरी लगायतका जिल्लाहरूमा गाउँपालिका, वडा कार्यलयमा ताला लगाउने र कालो झन्डा गाड्ने गरिरहेका छन् ।

kirat-limbuwan-1-819x1024.jpg

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - २२:२०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology