Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुर स्थित जखडीमाई मन्दिरमा चोरी

भरतपुर स्थित जखडीमाई मन्दिरमा चोरी

images

इच्छाकामना न्युज

१५, चैत्र २०७९
भरतपुर स्थित जखडीमाई मन्दिरमा चोरी
images

भरतपुर । भरतपुर–११ मा रहेको जखडीमाई मन्दिरमा चोरी भएको छ । मन्दिर विकास समितिका अध्यक्ष बाबुराम न्यौपानेका अनुसार ७५ वटा पित्तलका पाला, तीन वटा घण्टी तथा मन्दिरको गजुरबाट झारेको तामाको पाता ९सिन्दुरे० चोरी भएको हो ।

‘१०८ वटा पालामध्ये हामीले जम्मा ३३ वटा मात्रै फेला पा¥यौँ,’ अध्यक्ष न्यौपानेले भने, ‘त्यसबाहेक पनि तीनवटा घण्टी र सिन्दुरे लगेछ ।’ मन्दिरबाट करिब ७५ हजार रूपैयाँ बराबरको सामान चोरी भएको उनले बताए । उनका अनुसार मन्दिरका उक्त सामग्री करिब एक हप्ता अघि नै चोरी भएको हो । मन्दिरका सामग्री खोजी गरिदिन प्रहरीमा उजुरीसमेत दिएको उनले सुनाए ।

मन्दिरको सामान बेलाबेलामा हराइरहने हुँदा सुरक्षाको लागि समेत प्रहरीसमक्ष ध्यानाकर्षण गराएको उनले बताए । जखडीमाई मन्दिर भरतपुरको पुरानो तथा ऐतिहासिक मन्दिर हो । यहाँ फागु पूर्णिमाको समयमा विशेष पूजा हुने गर्दछ । त्यसका आलवा बडा दसैँ र चैते दसैँमा समेत बली दिने प्रचलन छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - १९:४०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology