Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुदै

चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुदै

images

इच्छाकामना न्युज

१५, चैत्र २०७९
चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुदै
images

सुनिता सुवेदी, चितवन । चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको काम हुँदै छ । लामो समयको प्रतिक्षापछि सेवाग्राहीले चितवनबाटै सवारी लाइसेन्स निकाल्न पाउने भएका हुन् । यातायात व्यवस्था विभागको वेभसाइटबाट सवारी लाइसेन्सको अनलाइन फारम भर्न मिल्ने व्यवस्था सुरु भइसकेको छ ।

लाइसेन्सको लागि आगामी चैत २६ गतेबाट यातायात व्यवस्था कार्यालय चितवनमा पहिलो बायोमेट्रिक हुँदैछ । प्रयोगात्मक परीक्षा (ट्रायल) लिनको लागि छनौटमा परेको महालक्ष्मी ड्राइभिङ सेन्टरमा निःशुल्क ट्रायल परीक्षा दिन सकिनेछ ।

यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख काली बहादुर भुजेलले बायोमेट्रिकको लागी तयारी तीव्र पारिएको बताए । बायोमेट्रिक चैत २६ गतेबाट नै सुचारु हुने भएतापनि मेडिकल रिपोर्ट भने सेवाग्राही स्वयमले नै ल्याउनु पर्ने भुजेलले बताए । यातायात कार्यालयमा डिजिटल हस्ताक्षर दिने, फोटो खिच्ने लगायतको काम हुने छ ।

‘बायोमेट्रिकको तयारी तीव्र पारिएको छ तर मेडिकल रिपोर्ट भने सेवाग्राही आफैले ल्याउनु पर्छ । केही समयका लागी सेवाग्राहीलाई समस्या पर्ने भयो’, उनले भने, ‘हामीले छिट्टै सार्वजनिक खरिद प्रक्रिया अनुसार प्रस्ताव आह्वान गरेर मेडिकल रिपोर्टको व्यवस्था कार्यालयबाटै गर्ने तयारीमा छौँ ।’

नेपाल मेडिकल काउन्सिलबाट इजाजत प्राप्त लाइसेन्स भएको डाक्टरले दिएको मेडिकल रिपोर्टलाई मान्यता दिइने भुजेल बताउँछन् । सवारी लाइसेन्स प्राप्त गर्न ऐनको मापदण्ड बमोजिमको अनुसूची भरेर डाक्टरले उक्त रिपोर्ट उपलब्ध गराउनु पर्ने छ । उक्त रिपोर्ट बढीमा एक हप्तालाई मान्य हुने उनले जानकारी दिए ।

चितवनमा सुरुवाती चरणमा रहेको कारण पनि व्यवस्थापनमा अफ्ठ्यारो आउने उनले बताए । आफ्नो क्षमता देखाएर लाइसेन्स प्राप्त गर्न पाइने भएकोले कसैको झुटो आश्वासनमा नपर्न उनले आग्रह गरेका छन् ।

‘केहि व्यक्तिले प्रलोभनमा पार्न सक्छन्, ग्यारेन्टीका साथ लाइसेन्स दिन्छौँ भनेर भ्रम सिर्जना गर्ने स्थिती आउन सक्छ,’ उनले भने, ‘कसैका आश्वासनमा भर नपर्नुहोला, कसैले त्यस्तो भनेमा कार्यालयमा सम्पर्क राख्नुहोला ।’

बायोमेट्रिक भएको केहिदिनमा लिखित परिक्षा हुने र त्यसको भोलिपल्ट ट्रायल लिने व्यवस्था गर्न लागेको उनले बताए । बागमती प्रदेश सरकारले ७० प्रतिशत ट्रायल कटाए पास हुने व्यवस्था लागु गरेको छ । ‘हामी सुरुवाती चरणमा छौँ, सुरुबाटै ७० प्रतिशत मापदण्ड अनुरुपको ट्रायल परिक्षा लिँदै छौँ,’ उनले बताए ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - ०९:३८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology