दमौली, २ माघ । तनहुँ व्यास १ रुम्सि देखी हर्कपुर अन्र्तगतकोञ रुम्सि झण्डावास मोटरमार्गको ट्रयाक खुल्ने भएको छ । व्यास नगरपालिकाको आव ०७७।०७८ को रु पाँच लाखको वजेटवाट उक्त मोटरमार्गको ट्रयाक खुल्ने भएको हो ।
केशवटार हुदै रुम्सी भएर हर्कपुर मार्ग हुदै ठिन नयाँगाउसम्म पुग्ने उक्त वाटोको ट्रयाक खुलेपछी हजारौ वासिन्दा लाभान्वित हुने नगरपालिकाका कार्यपालिका सदस्य नरिमाया रानाले जानकारी दिनुभयो ।
१०२० मिटर लामो नया मोटरमार्गको ट्रयाक खुलेपछि केशवटार हुदै सिधै नयाँगाँउ सँग जोडिने छ । ट्रयाक खुल्ने काम युद्धस्तरमा भईरहेको र समयमा नै काम सकिने मोटरमार्ग उपभोक्ता समितकिो अध्यक्ष रामवहादुर आलेले वताउनुभयो ।