Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

सर्लाहीमा प्रहरीकै सेटिङ्गमा ब्यापक तस्करी तथा गैर कानुनी धन्दा

सर्लाहीमा प्रहरीकै सेटिङ्गमा ब्यापक तस्करी तथा गैर कानुनी धन्दा

images

एसपि गौरव

२, माघ २०७७
सर्लाहीमा प्रहरीकै सेटिङ्गमा ब्यापक तस्करी तथा गैर कानुनी धन्दा
images

सर्लाही, २ माघ । पछिल्लो समय सर्लाही तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । तस्करहरुले अहिले सर्लाहीको त्रिचुवननगर, मलंगवा, हरिपुर्वा, पर्सा, बलरा लगायतका प्रहरी युनिटहरु र सशस्त्र प्रहरीको बिओपीका प्रहरी कर्माचारीहरुबाटै भन्सार छलेर अबैध रुपमा सीमाबाट समानहरु समयसमयमा ओसारपसार गर्ने गरेको खुलेको छ । 
नेपालमा अभाव भएको ईलेक्ट्रोनिक पार्ट्स ,लत्ताकपडा, गाडीको पार्ट्स, हार्डवेयर,ब्याट्री,मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी ,आलु ,प्याज ,खाने तेल, चपल,खसी बाख्रा, रंगा, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारतबाट नेपाल तर्फ भित्र्याउने गरेको पाइएको छ । त्यस्तै नेपालबाट भारत तर्फ केराउ, मरिच, छोकडा, खुकुरी चुरोट,कवाड,लगायतका लागु औषधहरु अबैध तरिकाबाट लाने ल्याउने गरिएको पाइएको हो । 
जिल्लाको सिमा सुरक्षामा खटेका सुरक्षाकर्मीहरुबाटै यसरी रकम असुली अवैध तरिकाबाट भन्सारछलीका सामानहरु भित्र्याउँदा पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको छ ।

138800631_116350663683690_1406532903904569029_n.jpg
त्यस क्षेत्रबाट तस्करी भएको समान बयलवास,लालबन्दी,हरिवन वरथवा लगायतका स्थानहरुमा पुग्ने गरेको  छ । तस्करहरूले झोला, पोका, र ठुलो ठुलो बोरामा समेत राखेर खेतको बाटो र नहरको बाटो तथा मोटरसाईकल लगायतको प्रयोग गरेर तस्करी गर्ने गरेका छन् । सीमानाकाको खेत र नहरको बाटोमा दैनिक तस्करहरूको मेला लाग्ने गरेकोे देखिन्छ । जिल्लाको सिमानाकाबाट  ठुलो मात्रामा तस्करी हुने गरेको सीमानाकामा अवस्थीत गाउका बसिन्दाहरूले बताएका छन् । तस्करहरूले दिनको समयमा कम गतीविधी गरे पनि रातको समयमा सीमानाकाको गाउँ हूँदै तस्करी गर्ने गरेको र रातभरी ओहरदोहोर गर्ने गरेको स्थानियहरुले बताउने गरेका छन् ।
नेपालबाट भारतमा प्रहरी कै सहयोगमा मद्यिराको तस्करी हुँदै आएको स्थानीयले बताएका छन् । भने लालबन्दी क्षेत्रमा इलाका प्रहरी कार्यालय लाललबन्दीका प्रहरी निरिक्षक निर्मल थापाका भान्से रोशन मण्डलले लाइन मिलाइ दिने गरेका पाइएको छ । एक प्रहरी कर्माचारीका अनुसार मण्डलले सइ श्रवण पराजुलीको सहयोगमा भान्से मण्डलले आफु असइ भन्दै होटलहरु तथा कपडा व्यावसायीहरुबाट रकम असुल्ने गरेका हुन । प्रहरी अधिकारीका अनुसार होटलहरुमा जुवा तास खेलाउने, गैर कानुनी क्रियाकलाप गराउने र कपडा व्यावसायीहलाई लाइन मिलाइ दिने बाहनामा रकम असुल्ने गरेका छन् ।
जिल्लाकोे सबै सिमानाका बन्द भएपनि पर्सा सिमानाबाट प्रहरीको सहयोगमा दिउँसै मोटरसाईकलहरुबाट तस्करी हुनेर त्रिभुवननगर सिमानाकाबाट रातीको समयमा ईलेक्ट्रोनिक पार्ट्स ,लत्ताकपडा, गाडीको पार्ट्स, हार्डवेयर,ब्याट्री,मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी, आलु ,प्याज ,खाने तेल, चपल,खसी बाख्रा, रंगा, भैंसी, मद्यिरा देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारतबाट नेपाल तर्फ भित्र्याउने गरेको प्रहरी अधिकारी कै भनाई छ । उहाँका अनुसार आफुहरुले प्रहरी उपरिक्षकलाई  रु २५ हजार,प्रहरी नायव उपरिक्षकलाई मासिक रु १५ हजार र जिल्लाको मुद्धामा खटिने प्रहरी कर्माचारीहरुलाई रु १० हजारको कमिसन दिनुपर्छ ।  त्यति भएपछि आफुहरुले गरिरहेको काम निरन्तर हुने नाम नबताउनुे सर्तमा उहाँको भनाई छ । 
यता त्रिभुवन नगर क्षेत्रमा सिमाना मै मद्यिरा पसलहरु छन्  । जहाँ हजारौँको संख्यामा भारतियहरु मद्यिरा पिउन आउने गर्दछन् ।भने सिमा सुरक्षामा खटिएको प्रहरी प्रशासन मौन देखिन्छ । श्रोतका अनुसार तस्करहरुले साइकल, मोटरसाइकल,पैदल टाउको मा राखी बोर्डर कटाउने गरेका छन् । सो वापत तस्करी गर्नेसँग प्रति महिना २५ हजार सम्म मासिक कमिसन बुझाउने गरेका प्रहरीहरु कै भनाई छ । यसरी सिमानाबाट भइ रहेको तस्करीले  सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।कोरोनाको कारण सिमानाका सिल भएपनि राती राती खुलम खुल्ला रुपले सो नाकावाट मानिस आवतजावत र रातभरि तस्करी भइरहेको स्थानीयहरुले बताएका छन्।  सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोडर नाकमा खटेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्कर सँग महिनवारी बुझी तस्करी धन्दालाई सहज बनाइ दिने गरेका छन् ।
सूचना संकलनका लागि घूमूवा पनी परिचालन गरिएको छ  तर तिनै सुचना संकलनका लागि खटेका प्रहरी कर्माचारीहरुबाटै असुली धन्दा चलि रहेको छ । तस्करीमा सेट्टिंग नमिलाइ समान ओसार्नेलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले काहिलेकाही माल समात्ने पनि गरेको छ । तर , यसरी समातीएको समानले तस्कर र प्रहरीलाई झन नजीक्याउने काम गर्ने बताइएको छ । समान समाते पछि त नमिलेको सेटिंग पनि मिल्न थाल्छ – एक व्यवसायीले बताएका छन् । भने समातिएको समानहरु पनि प्रहरीले घटाएरदेखाउने र अरु तस्करहरुलाई बेच्ने गरेको पाइएको छ । गाँजा नियन्त्रणमा लिएर नष्ट गरेको बाहनामा केही मात्र नष्ट गरेर धेरै जसो तस्करहरुलाई बेच्ने गरेको प्रहरी कर्माचारीको भनाई छ ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - २०:२१:५७ बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology