Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको माडीमा गोद्धक मेला सुरु 

चितवनको माडीमा गोद्धक मेला सुरु 

images

इच्छाकामना न्युज

१३, चैत्र २०७९
चितवनको माडीमा गोद्धक मेला सुरु 
images

प्रेम क्षेत्री, चितवन । धार्मिक एवं पुरातत्विक महत्व बोकेको चितवनको माडी १ स्थित गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला सुरु भएको छ । चैत्र १७ गतेसम्म ५ दिनसम्म यज्ञ सञ्चालन हुनेछ । प्रखरवाचक श्रद्धेय गुरु चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने छ । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेला स्थल गोद्धकमा मेला एवं यज्ञको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोले धार्मिक, ऐतिहासिक, पौराणिक, पुरातात्विक लगायत विभिन्न पक्षको महत्त्व बोकेको यस क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । 

madi 11.JPG

गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुल सिंह गुरुङले मेला एवं यज्ञको अवलोकन गरी सहयोग गरी यहाँ रहेका धार्मिक क्षेत्रको दर्शन गरी पूण्य लाभ प्राप्त गर्न आग्रह गरे । यहाँ रहेका ४ धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्य रहेको गोद्धक क्षेत्र विकास संस्थाका सचिव गंगा भुसालले बताए । गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले स्वागत मन्तव्य राख्दै गोद्धक क्षेत्रमा पहिलो पटक भव्य रुपमा मेला एवं यज्ञ भएको बताए ।  

गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडा अध्यक्ष अमितकुमार लामा, २ का वडा अध्यक्ष डण्डपाणी पौडेल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन पूर्व यज्ञमा कलश यात्रा निकालिएको थियो । 

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शनार्थी आउने गर्दछन । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्दछ । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । 

परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार कुण्ड अवलोकन गर्न र विशेष पर्वहरुमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । ठूलो धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ । 

 

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - २०:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology