Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू ह्युल छोंज धीँ बागमतीमा चितवनका ३ जना निर्वाचित

तमू ह्युल छोंज धीँ बागमतीमा चितवनका ३ जना निर्वाचित

images

इच्छाकामना न्युज

१३, चैत्र २०७९
तमू ह्युल छोंज धीँ बागमतीमा चितवनका ३ जना निर्वाचित
images

चितवन । तमू ह्युल छोंज धीँ, गुरूङ राष्ट्रिय परिषद् बागमती प्रदेशमा चितवनबाट तीन जना निर्वाचित भएका छन् । ह्युल छोंज धीँको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा तुलाराम गुरूङ तथा सदस्यहरुमा नारायणसिंह गुरूङ र तुलाराम गुरूङ निर्वाचित भएका हुन् ।

शनिबार नुवाकोटको विदुरमा सम्पन्न अधिवेशनले आगामी नेतृत्वका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट नुवाकोटकै झमकराज गुरूङ अध्यक्षमा निर्वाचित भएका तमू ह्युल छोंज धीँ चितवनले जनाएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष रविन गुरूङ निर्वाचित भएका ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् । त्यस्तै उपाध्यक्षमा तुलबहादुर गुरूङ, सचिवमा रमेश गुरूङ, सह–सचिवमा राजाराम गुरूङ र कोषाध्यक्षमा शारदा गुरूङ निर्वाचित भएका छन् । सदस्यहरुमा भने संगीता गुरूङ, खिमजङ्ग गुरूङ, सन्तबहादुर गुरूङ, समुन्द्र गुरूङ र हस्तबहादुर गुरूङ निर्वाचित भएका छन् ।

शनिबारै सम्पन्न तमूस्यो ह्युल छोंज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् बागमती प्रदेशबाट पनि चितवनकी हरिमाया गुरूङ उपाध्यक्षमा निर्वाचित भएकी छन् । रसुवाकी शारदा गुरूङको अध्यक्षतामा पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सचिवमा शशि गुरूङ, प्रचार सचिवमा किता गुरूङ, संगठन सचिवमा कल्पना गुरूङ र कोषाध्यक्षमा लक्ष्मी गुरूङ चयन भएका छन् ।

सदस्यहरुमा भने सुष्मा घले, देवी गुरूङ र रमिला गुरूङ चयन भएका छन् । अधिवेशनमा सहभागी हुन दुवै संगठनको गरी १३ जिल्लाबाट करिब ६० जना प्रतिनिधि सहभागी भएका थिए ।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - ०८:४५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology