Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्माणधिन मुग्लिन–पोखरा सडक अन्तर्गत विमलनगर–घाँसीकुवा खण्ड अझै थप १८ दिन बन्द हुने

निर्माणधिन मुग्लिन–पोखरा सडक अन्तर्गत विमलनगर–घाँसीकुवा खण्ड अझै थप १८ दिन बन्द हुने

इच्छाकामना न्युज

१२, चैत्र २०७९
निर्माणधिन मुग्लिन–पोखरा सडक अन्तर्गत विमलनगर–घाँसीकुवा खण्ड अझै थप १८ दिन बन्द हुने
images

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १८ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले चैत ३० गतेसम्मका लागि उक्त खण्डमा दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

images
images

उक्त अवधिमा राति १२ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन आवतजावत बन्द गरी काम हुँदै आएको छ । यसअघि उक्त खण्डमा फागुन १२ गतेदेखि २८ गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । त्यस्तै फागुन २८ गतेदेखि चैत १२ गतेसम्म उक्त समय अवधि लम्ब्याइएको थियो ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा थप १८ दिन सवारी साधन बन्द गरी काम गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले चैत ३० गतेसम्म चार घण्टा बाटो बन्द गरी भित्ता काट्ने कामलाई निरन्तरता दिइने जनाइएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - २०:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology