Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सेन्ट्रल कलेज चितवनले न्यूनतम लागतमा जापान पठाउने

सेन्ट्रल कलेज चितवनले न्यूनतम लागतमा जापान पठाउने

images

इच्छाकामना न्युज

१२, चैत्र २०७९
सेन्ट्रल कलेज चितवनले न्यूनतम लागतमा जापान पठाउने
images

चितवन । चितवनको सेन्ट्रल कलेजले न्यूनतम लागतमा जापान पठाउने भएको छ । उच्च शिक्षा तथा वर्किङमा जापान जान चाहाने विद्यार्थीलाई न्यूनतम लागतमा जापान पठाउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले सूचना जारी गर्दै उत्पीडित दलित,आदिवासी जनजाति,मुस्लिम,पिछडिएका समुदाय लगायत गरिव तथा जेहेन्दार विद्यार्थी र खेलाडीहरुलाई स्कलरसिप र छुटको व्यवस्था रहेको जानकारी दिनुभयो । कलेजले लामो समयदेखि जापनिजद्धारा नै निःशुल्क भाषा पढाउँदै आइरहेको छ ।

मुख्य कार्यालय प्रेसमार्ग शहिदचोक नारायणगढमा मे महिना २०२३ देखि जापनिजद्धारा जापनिज भाषा अध्यापन गराइनेछ । जापानको टोकियोबाट आउने जापानिज शिक्षक साइतो सिगेरुले विद्यार्थीलाई भाषा कक्षा पढाउनुहुनेछ । सिगेरु सन् २०१२ देखि २०१८ सम्म नियमित रुपमा सेन्ट्रल कलेजमा आएर अध्यापन गराउनुभएको थियो । तीन बर्ष कोरोनाका कारण उहाँ आउन सक्नुभएको थिएन । जापनिज शिक्षक सिगेरुले प्रत्येक्ष विद्यार्थीलाई कक्षा लिनुहुनेछ भने शिक्षकहरुलाई पनि भाषा कक्षाको थप प्रशिक्षण दिनुहुनेछ ।

शैक्षिक परामर्शदाताको रुपमा स्थापित संस्था सेन्ट्रल कलेज चितवनले जापानमा पनि आफ्नो कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नो जापान कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न सुरु गरेको हो । यसैविच सेन्ट्रल कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने अन्तिम तयारी गरेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गर्न लागेको हो ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ । बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । निकट भबिष्यमा नै कलेजले भरतपुरको लायन्सचोकमा आफ्नै भवन निर्माण गरेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउने तयारी गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०९:१२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology