Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको चौध किलोमा ट्रक र कार ठोक्कियो, ५ जना घाईत, १ को अवस्था गम्भीर

मुग्लिन–नारायणगढ सडकखण्डको चौध किलोमा ट्रक र कार ठोक्कियो, ५ जना घाईत, १ को अवस्था गम्भीर

images

इच्छाकामना न्युज

१२, चैत्र २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको चौध किलोमा ट्रक र कार ठोक्कियो, ५ जना घाईत, १ को अवस्था गम्भीर
images

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राती ८ बजे नारायणढबाट मुग्लिनतर्फ गईरहेको लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोक्ने ट्रकले विपरित दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई चौध किलो भन्ने स्थानमा ठक्कर दिंँदा कारमा सवार ५ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा कार चालक सिन्धुपाल्चोक बोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी देवचुली नगरपालिका–१४ का टेक प्रसाद न्यौपाने, सोही ठाउंँका कमल न्यौपाने, गोरखा फुजेल गाउंँपालिका–३ का राज कुमार सापकोटा र काठमाण्डौ महानगरपालिका–१६ का रामहरी मिश्र रहेका छन् ।

ती मध्ये न्यौपानेको अवस्था गम्भिर जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनीहरु सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०८:४२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology