Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रदेश सरकारबाट आज बाहिरिदै माओवादी केन्द्र

गण्डकी प्रदेश सरकारबाट आज बाहिरिदै माओवादी केन्द्र

इच्छाकामना न्युज

१०, चैत्र २०७९
गण्डकी प्रदेश सरकारबाट आज बाहिरिदै माओवादी केन्द्र
images

पोखरा । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

images
images

आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारबाट बाहिरिन नेताहरूलाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ। माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नुहुनेछ । संविधानअनुसार उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०७:५४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology