Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पतालको ओसिएमसीबाट सेवा लिनेमा बलात्कृत महिला धेरै

भरतपुर अस्पतालको ओसिएमसीबाट सेवा लिनेमा बलात्कृत महिला धेरै

इच्छाकामना न्युज

९, चैत्र २०७९
भरतपुर अस्पतालको ओसिएमसीबाट सेवा लिनेमा बलात्कृत महिला धेरै
images

सुनिता सुवेदी, चितवन । भरतपुर अस्पतालको लैङ्गिक हिंसा सम्बन्धि एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैंगिक हिंसामा परेका व्यक्तिहरुको उपचार हुने गर्छ । अस्पतालका अनुसार ओसिएमसीबाट सेवा लिनेहरुमा बलात्कृत महिला धेरै रहेका छन् । ओसिएमसीकी स्टाफ नर्स कल्पना खनालका अनुसार चालु आव २०७९/८० को फागुन मसान्तसम्म २११ जनाले ओसिएमसीबाट सेवा लिएका छन् । जसमध्ये महिला २०९ जना र पुरुष दुई जना रहेका छन् ।

images
images

‘यस केन्द्रमा लैंगिक हिंसा पिडित जुनसुकै व्यक्तिको उपचार निःशुल्क हुन्छ, उपचार पश्चात् घर जान इच्छुक नभए आवास गृहमा पु¥याउने काम पनि हामी नै गर्छौ,’ खनालले भनिन्, ‘आवास गृहमा छाड्ने बेलामा तीन महिनाको खर्चबापत २० हजार रुपैयाँ समेत प्रदान गर्ने व्यवस्था गरेका छौँ ।’

अस्पतालमा आउने अधिकांश हिंसा पिडित प्रहरीमार्फत आउने गरेको उनको भनाई छ । ‘चेलिबेटि बेचबिखनबाट उद्धार गरेर आवास गृहमा राखिएका बालिकाहरुको उपचार गर्नपनि यहाँ आउने गर्दछन्, उनी भन्छिन्, ‘आजभोली लैङ्गिक हिँसामा परेका केहि व्यक्तिहरु उपचारको लागी आफै पनि आउने गरेका छन् ।’

यस आवमा सबैभन्दा धेरै ६२ जना बलात्कृत महिला अस्पताल आएको ओसिएमसीको तथ्याङ्क छ । उक्त तथ्याङ्कका अनुसार यौनजन्य दुव्र्यवहारमा परेका २६ जना, शारीरिक हिँसामा परेका ३५ जना, जवरजस्ती विवाह तथा बेचबिखनमा परेका चार जना, स्रोत साधन र अधिकारबाट बञ्चित आठ जना, मानसिक दुव्र्यवहारमा परेका दुई जना र अन्य हिंसामा परेका ७४ जना रहेका छन् ।

अस्पतालमा जटिल खालका हिंसा पिडितहरुकोे संख्या बढ्दै गइरहेको उनी बताउँछिन् । १४ वर्षभन्दा कम उमेरका बालिकाहरु विद्यालयका शिक्षक, घरपरिवार, छिमेकी र आफन्तबाट नै हिंसामा पर्ने गरेका छन् । अस्पतालमा आएका हिंसापिडित मध्ये सबैभन्दा धेरै १९–४९ वर्ष उमेर समूहका ९५ जना रहेका छन् । त्यस्तैगरी १५–१८ वर्ष उमेरका ६० जना, ०–१४ वर्षसम्मका ४८ जना, ५०–६० वर्ष उमेर समूहका चार जना र ६० वर्षमाथीका चार जना रहेको तथ्याङ्क छ ।

२७ महिने बालिकाको उपचार हुँदै

गत शुक्रबार मात्रै रत्ननगरको बुढीपुल मुनि एक बालिका गम्भिर अवस्थामा फेला परिन् । २७ महिनाकी आशा (परिवर्तित नाम) घरमै खेलिरहेकी थिइन् । उनकी आमाले भाँडा माझ्दै थिइन् भने मामाघरकी हजुरआमा बाख्रा चराउन जाने तरखरमा थिइन् ।

साथीसँग खेल्न २ बजे घरबाट निस्केकी उनी ३ बजेसम्मपनि घर फर्किनन् । घरमा आमा र हजुरआमा आत्तिएर आशालाई खोज्न निस्किए । उनीसँग खेल्न गएका साथीलाई सोध्दा घरतीरै गएकी हो भनेर जवाफ फर्काए ।

बुढीपुल पुलको मुन्तिर काग झ्याम्मिएको देखेपछि उनीहरु त्यतै लागे । शरिरमा कपडा नभएको र शरिरभरी चोटैचोट लागेको अवस्थामा उनीहरुले आशालाई फेला पारे । उत्तिखेरै उनीहरुले आशाको उपचार गर्न भरतपुर ल्याए ।

‘छिमेकी नानीहरु आएर खेल्न गएकी मेरो नातिनीको कपडा झाडीमा फालेर शरिरभरी कस्ले काटिदिएछ,’ भरतपुर अस्पतालको ओसिएमसीमा उपचाररत आशाकी हजुरआमाले भक्कानिँदै भनिन्, शरिरभरि घाउनै घाउ छ, एकैछिन् ढिलो गरेको भए मर्ने रैछे ।’

आशालाई उनीहरुले सुरुमा चितवन मेडिकल कलेज (सिएमसी) लगेका थिए । सिएमसीले हिँसाको घटना भनेर उनीहरुलाई भरतपुर हस्पिटल रेफर गरेको थियो । अस्पतालले दिएको मेडिकल रिपोर्ट अनुसार आशाको शरिरमा भित्रि चोट नदेखिएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल खड्काले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।

आठ महिनामा बलात्कारका ४५ उजुरी

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार चालु आव २०७९/८० को आठ महिनामा बलात्कारका ४५ वटा उजुरी दर्ता भएका छन् । प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी विजयराज पण्डितले यस आवको साउनमा ९ वटा, भदौमा ६ वटा, असोजमा ७ वटा, कात्तिकमा ४ वटा, मंसिरमा ४ वटा, पुसमा ३ वटा, माघमा ४ वटा र फागुनमा ८ वटा बलात्कारका उजुरी दर्ता भएको बताए ।

यस आवको हालसम्म २९ जना आरोपित पुर्पक्षका लागी जेल चलान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । १० वटा मुद्धामा भने अनुसन्धान भइरहेको छ । आव २०७७/७८ मा बलात्कारका ६० वटा उजुरी दर्ता भएका थिए । त्यस्तै, गत आव २०७८/७९ मा ६३ वटा बलात्कार उजुरी दर्ता भएको डिएसपी पण्डितले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - ०९:४४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology