Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनमा चैतेदशैंमा मनाईने विक्रमबाबा मेला सुरु, चैत २३ गतेसम्म सञ्चालन हुने

चितवनमा चैतेदशैंमा मनाईने विक्रमबाबा मेला सुरु, चैत २३ गतेसम्म सञ्चालन हुने

images

इच्छाकामना न्युज

८, चैत्र २०७९
चितवनमा चैतेदशैंमा मनाईने विक्रमबाबा मेला सुरु, चैत २३ गतेसम्म सञ्चालन हुने
images

चितवन । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रम बाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो ।

महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । दवाडीले यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको बताउनुभयो ।

केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार पूजा व्यवस्थापनका लागि २८ सदस्यीय समिति गठन गरिएको छ । मन्दिरमा पूजा गर्ने समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिउको छ । साँझ ५ बजेपछि जङ्गली जनावारको चहलपहल हुने जोखिम भएपछि पूजा गर्ने समय निर्धारण गरिएको गरिएको हो ।

मेला सञ्चालन गर्न आउने व्यवसायीलाई पनि साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लिलाराज भुुसालले बताउनुभयो । मेला व्यवस्थापनका लागि एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । पाँचवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ ।

उहाँले भन्नुभयो, “सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौँ”, भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रम बाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रम बाबाको पूजा गर्ने प्रचलन छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - २१:३८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology