Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल हुने

स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल हुने

इच्छाकामना न्युज

६, चैत्र २०७९
स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल हुने
images

स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल हुने 

images
images

स्याङ्जा । यही चैतको दोस्रो शाता स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो  

क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टोलीले १,११,१११ र दोस्रो हुने टोलीले ७१,१११ प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई आयोजकले नै खानपिन र बासको व्यवस्था गर्ने छ । 

टोलीहरुले प्रतियोगितामा सहभागी हुनका लागि ५,००० प्रवेश शुल्क तिर्नुपर्ने छ ।  प्रतियोगिताको दौरान ४० वर्षभन्दा माथीका खेलाडीहरुको भेट्रान्स खेलसमेत हुने छ । भेट्रान्सतर्फ प्रथम हुने टोलीले लोकल खसी पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष  कृष्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता सफल बनाउन स्वदेश तथा बिदेशमा रहेका सुभचिन्तकहरुबाट आर्थिक सहयोग जुटेको क्लबले जनाएको छ । प्रतियोगिताका लागि फेदिखोला गाउँपालिकाले समेत वडामार्फत ५० हजार बजेड छुट्टयाएको छ । मेलाको अवसरमा भलिबलका साथै घैटो फुटाउने, छेलो हान्ने खेल पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

मेला र प्रतियोगिताको दौरान स्थानीय र राष्ट्रिय कलाकारहरुले नृत्य र साङ्गितिक प्रस्तुति दिने छन् । सो अवसरमा चर्चित दोहोरी कलाकारहरु श्याम रानामगर, दुर्गा गुरुङ, शंकर बिरही गुरुङ, माया गुरुङ लगायत कलाकारले प्रस्तुती दिने आयोजक कलबका अध्यक्ष टुक बहादुर गुरुङ ९देउता० ले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगितामा २० भन्दा बढी टोलीले सहभागीता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ ।

वि। स। २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमित रुपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १९:२९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology