Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको भरतपुर र कालिकामा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

चितवनको भरतपुर र कालिकामा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

इच्छाकामना न्युज

६, चैत्र २०७९
चितवनको भरतपुर र कालिकामा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

चितवन । दुई पालिकामा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

images

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका २ सय ८९ अपाङ्ग बालबालिकामध्ये १ सय ३९  विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका १ सय २ र कालिकामा ३७ विद्यालय बाहिर छन् ।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिइन् । उनीहरूलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताइन् ।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुई वटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिइन् । उनीहरू मध्ये ३ सय हाराहारी भरतपुरभित्रका  छन् ।

विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन् । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१  बालबालिका अध्ययन गर्दै आएका छन् ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - ०९:१९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology