Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बेनीघाट रोराङको चन्द्रोदय र बागेश्वरी क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारी विजयी

बेनीघाट रोराङको चन्द्रोदय र बागेश्वरी क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारी विजयी

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
बेनीघाट रोराङको चन्द्रोदय र बागेश्वरी क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारी विजयी
images

बेनीघाट ।  धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटार र मलेखुमा रहेको जय बागेश्वरी बहुमुखी क्याम्पस दुबैमा कांग्रेसको नेवि संघ र एमालेको अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै माओवादी निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन जितेको छ ।

जय बागेश्वरीको स्ववियु सभापतिमा गठबन्धनका तर्फबाट उठेका उम्मेदवार अनेरास्ववियुका विषम अधिकारीलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका हुन् भने चन्द्रोदयको सभापतिमा गठबन्धन उम्मेदवार नेवि संघकी संगीता श्रेष्ठलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका हुन् ।

जय बागेश्वरीमा अखिल क्रान्तिकारीका त्रिपाठीले ६२ मत पाउँदा गठबन्धनबाट अनेरास्ववियुका विषम अधिकारीले ३७ मत मात्रै पाएका थिए । अखिल क्रान्तिकारीले बेनीघाट रोराङको दुबै क्याम्पसमा प्यानल नै जित हासिल गर्न सफल भएका छन् ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - २१:३२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology