Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको राप्तीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

चितवनको राप्तीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

इच्छाकामना न्युज

४, चैत्र २०७९
चितवनको राप्तीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ
images

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राप्तीबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका–१२ का ३२ वर्षीय चन्द्रबहादुर प्रजालाई करिब ६५ किलो गाँजासहित नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

images
images

आज बिहान करिब २ बजेकोमा समयमा प्रहरीले प्रजालाई राप्ती–२ राईटोलबाट नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक पदम बहादुर बस्ताकोटीको कमाण्डमा खटिएको टोलीले प्रजालाई पक्राउ गरेको पण्डितले बताए । प्रजामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १२:२६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology