Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पतालले माग्यो ज्यालादारी डाक्टर

भरतपुर अस्पतालले माग्यो ज्यालादारी डाक्टर

इच्छाकामना न्युज

२, चैत्र २०७९
भरतपुर अस्पतालले माग्यो ज्यालादारी डाक्टर
images

चितवन । चितवनको भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ।

images
images

सूचना प्रकाशन गर्दै अस्पतालले मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर (आठौं तह) माग गरेको हो।

एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएको छ।

मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उपाधि प्राप्त गरेका र विशेषज्ञ चिकित्सकको हकमा एमबिबिएसका अतिरिक्त सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने भनिएको छ।

चिकित्सकहरुले भने भरतपुर अस्पतालले जुनियर चिकित्सकलाई पेल्ने गरी सूचना निकाल्ने गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन्।

उनीहरुले एमडी गरेका चिकित्सकका लागि नवौं तहमा आवेदन खुलाउनुपर्नेमा मेडिकल अफिसर सरह बनाएर श्रम शोषण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयले नयाँ दरबन्दी स्वीकृत नगरेको अवस्थामा अस्पतालमा बिरामीको उच्च चाप थेग्न अस्थायीरुपमा कर्मचारी राख्न लागिएको बताए।

images
प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - ०९:००:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology