Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देशभरका स्थानीय तहमा भोली हुने विरोध प्रदर्शनमा सहभागी हुन काँग्रेसको अपिल 

देशभरका स्थानीय तहमा भोली हुने विरोध प्रदर्शनमा सहभागी हुन काँग्रेसको अपिल 

images
देशभरका स्थानीय तहमा भोली हुने विरोध प्रदर्शनमा सहभागी हुन काँग्रेसको अपिल 
images

काठमाण्डौ, २ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले  विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । काँग्रेसले भोलि देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।  
काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । भोलि भने ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।  
आज काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी निकालेर पार्टीको सबै तहका कार्यकर्ता र  समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा  सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नुभएको छ । संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १८:४५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology