Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्यार्थीका लागि सेन्ट्रल कलेजले चैतदेखि आफ्नै बस सेवा सुरु गर्ने

विद्यार्थीका लागि सेन्ट्रल कलेजले चैतदेखि आफ्नै बस सेवा सुरु गर्ने

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७९
विद्यार्थीका लागि सेन्ट्रल कलेजले चैतदेखि आफ्नै बस सेवा सुरु गर्ने
images

चितवन । शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने भएको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गर्न लागेको हो ।

चैत दोस्रो सातादेखि कलेजले बस सञ्चालनमा ल्याउन लागेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा पश्चिम चितवनको मेघौली चनौली र पूर्वी चितवनको पदमपुर,खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिने उहाँले बताउनुभयो । कलेजले निकट भबिष्यमानै पश्चिम चितवनको अन्य भाग, पूर्वी चितवनको लोथरसम्म र नवलपुरको रजहरसम्ममा विद्यार्थीलाई बस सेवा प्रदान गर्ने लक्ष्य बनाएको पौडेलले बताउनुभयो ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

‘बस सेवा सञ्चालन पश्चात टाढा टाढाबाट अध्यननका लागि आउने विद्यार्थीलाई सहजता हुनेछ, प्रिन्सिपल पौडेलले भन्नुभयो’, घण्टौसम्म सार्वजनिक गाडी कुरिरहुनपर्ने झन्झट हट्नेछ ।’ उहाँले कलेजको आफ्नै बसबाट आवतजावत गर्दा समयको बचत हुने भएकाले विद्यार्थीको अध्ययन अध्यापनमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । निकट भबिष्यमा नै कलेजले भरतपुरको लायन्सचोकमा आफ्नै भवन निर्माण गरेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउने तयारी गरिरहेको छ । कलेजले शैक्षिक परामर्शदाताको क्षेत्रमा नेपालमा नै पहिलोपटक बस सेवा संचालन गरेर नमूना शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - २१:२९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology