Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्देमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण

तनहुँको म्याग्देमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण

इच्छाकामना न्युज

२७, फाल्गुण २०७९
तनहुँको म्याग्देमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण
images

तनहुँ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना र मयाग्दे गाँउपालिका पशु सेवा शाखाको समन्वयमा म्याग्देको वेलटारमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको नि. कार्यलय प्रमुख रामचन्द्र पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथी र विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे रहनुभएको थियो ।

images
images

पशुमा पुर्ण खोप कार्यक्रमका वारेमा भेटरीनरी अस्तताल तथा पशु सेवा केन्द्रका पशु अधिकृत सुरज गौतम र म्याग्दे गाँउपालिकाका पशु सेवा शाखाका प्रमुख चिकित्सक डा. विनय शाहले सहभागीहरुलाई यसको महत्व र औचित्यको वारेमा प्रकाश पारेका थिए । 

उक्त कार्यक्रममा डा. शाहले पशुको रोगको महामारी न्युनिकरण गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गर्न, रेविज जस्ता जुनोटिक रोग संक्रमणलाई न्युनिकरण गरि २०३० सम्म कुकुरको टोकाईवाट हुने रेविज लाई शुन्यमा झार्न अभिमुखीकरण कार्यक्रम फलदायी हुने वताएका थिए । 

कार्यक्रममा १० जना भेटरीनरी प्राविधिकहरुलाई ७ वटै वडामा खोप कार्यको लागी भुगोल र आवश्यकताका आधारमा जिम्मेवारी र झोला समेत प्रदान गरिएको थियो । 

कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र कार्यक्रमका अध्यक्ष रामचन्द्र पण्डितले कार्यक्रमको आवश्यकता र औचित्यको वारेमा धारणा राखेका थिए । पशुमा पूर्ण खोप कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा गाँउपालिकाका जनप्रतिनिधी, खोपकर्ता, पशु सेवा शाखाका कर्मचारी र अन्य शाखाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - २१:११:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology