Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

७५ वर्षीय जानकीलाल जव ३८ वर्षकी महिलाको प्रेममा परे...

७५ वर्षीय जानकीलाल जव ३८ वर्षकी महिलाको प्रेममा परे...

इच्छाकामना न्युज

२७, फाल्गुण २०७९
७५ वर्षीय जानकीलाल जव ३८ वर्षकी महिलाको प्रेममा परे...
images

दाङ । दाङको लमही नगरपालिका–९ अमिलियाका जानकीलाल बस्नेत ७५ वर्षको वृद्ध अवस्थामा आफुभन्दा आधा उमेरकी किशोरीको ‘मायाँजाल’मा पर्दा सर्वोस्व गुमाएर घर न घाटको भएका छन्।

images
images

तुलसीपुर ५ बस्ने करिब ३८ वर्षीया कमला थापासँग प्रेममा परेका वस्नेत अहिले करिव ५ लाख रुपैयाँ वरावरको १२ कट्ठा १५ धुर जग्गा, सुनचाँदीका गहना र नगद समेत गरी करिव १ करोड वरावरको जायजेथा गुमाएर सडकमा पुगेका छन्।

जानकारी अनुसार वस्नेत गत जेठ अन्तिमदेखि कमलाको प्रेममा परेका थिए। उनीहरुलाई भेट गराउने काम गीता सुनार नामकी महिलाले गरेकी थिईन। सामान्य चिनजानबाट सुरु भएको उनीहरुको सम्वन्ध फोनमा कुराकानी गर्दा गर्दै प्रेममा परे।

आफु ७५ वर्षको भएको र सहारा पनि कोही नभएकाले विवाह गरेर सँगै वस्ने सल्लाह भएको उनले सुनाए। करिब १० वर्षअघि नै श्रीमतीको निधन भएपछि आफू सहारा विहिन भएको उनको भनाई छ। ‘पहिलो पतिसँग डिभोर्सका लागि अदालतमा मुद्दा दिएको र त्यो फैसला भएपछि विवाह गर्ने भनेर बाचा गरेकी थिईन’– उनले भने।

‘मलाई बाँचुन्जेल साथ दिन्छु भनेपछि मैले विश्वास गरें’ वस्नेत भन्छन्–‘त्यसपछि मेरो नाममा भएको सवैथोक कानुनी रुपमै जिम्मा लगाएँ।’ २८ कात्तिक ०७९ मा आफुले १२ कट्ठा १५ धुर जग्गा कमलाको नाममा पास गरिदिएको उनले सुनाए।

भएको जग्गा, गहना र नगद समेत लिएपछि भने कमला सम्पर्कमा आउन छाडेको उनको भनाई छ। त्यसपछि आफु ठगिएको शंका लागेको वस्नेतले वताए । ‘विस्तारै केही जग्गा वेचेको र केही जग्गा बाबा फर्ममा धितोमा राखेर १६–१७ लाख ऋण लिएको भन्ने कुरा सुनें’ वस्नेत भन्छन्–‘त्यसपछि मैले आफू ठगिएको भनेर प्रहरीमा उजुरी दिएको छु। उनलाई प्रहरीले पक्राउ पनि गरेको छ।’

बुढेसकालमा साथ दिने मान्छे खोज्दा झनै सहरा विहिन भएको भन्दै उनले पछुतो मानेका छन्। ‘अब मेरो बस्ने ठाउँ छैन। भएको सम्पत्ति अर्कैको नाममा गरिदिएँ। छोराछोरीले पनि अब हेर्दैनन्। अब त्यो जग्गा फिर्ता पाइनँ भने म मर्नुको विकल्प छैन।’– उनले भने। नेपाल आजबाट

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - ०९:३०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology