Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्ववियु निर्वाचनलाई लिएर वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी, ३ विद्यार्थी नेता पक्राउ

स्ववियु निर्वाचनलाई लिएर वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी, ३ विद्यार्थी नेता पक्राउ

इच्छाकामना न्युज

२६, फाल्गुण २०७९
स्ववियु निर्वाचनलाई लिएर वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी, ३ विद्यार्थी नेता पक्राउ
images

वीरगञ्ज । स्ववियु निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको हो । विवाद उत्पन्न भएसँगै आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका छन् । आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेको प्रहरीले जनाएको छ ।

images
images

आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले आगो बेलैमा निभाईएकोले थप क्षति हुन नपाएको बताए ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - १९:५९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology