Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले तनहुँमा कांग्रेस र नेकपाका कार्यकर्तालाई भेटे

जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले तनहुँमा कांग्रेस र नेकपाका कार्यकर्तालाई भेटे

images
जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले तनहुँमा कांग्रेस र नेकपाका कार्यकर्तालाई भेटे
images

दमौली, १ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तनहुँका विभिन्न दलका नेता कार्यकर्तासँग भेट गरेका छन् ।

सरकारविरुद्धको सभाको नेतृत्वका लागि पोखरा आएका भट्टराईले बिहिबार विहान आफ्ना नेता कार्यकर्तासहित तनहुँमा कांग्रेस र नेकपामा आवद्ध नेता कार्यकर्तालाई समेत भेटेका थिए ।

जनता पार्टीसँग एकिकरणपछि तेश्रो शक्ति बनेको दलका नेतासँग अन्य दलका नेता कार्यकर्ताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी नेतृ एवं पत्नी हिसिला यमीसँगै आएका भट्टराईसँग समय नै मागेर केही दलका नेताले भेटेका थिए भने केही उनले कार्यकर्तालाई सम्बोधन गरेको कार्यक्रममा नै सहभागी थिए ।

भट्टराईले भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिको आडमा सोचेर जानेर नै संसद विघटन गरेकाले त्यसलाई सच्याउन लाग्नुपर्ने भन्दै राजनैतिक ध्रुवीकरणको आवश्यकता औंल्याएका थिए । उनले नेकपा विभाजन भैसकेको र कांग्रेसमा पनि दुई धार प्रष्टसँग देखिएको भन्दै अब पार्टीले वैकल्पिक धारको नेतृत्व गरेर अघि बढ्दै वैकल्पिक शक्ति बन्न सक्ने बताए ।

डा. भट्टराईले पार्टीको संगठनमा आउन चाहने विभिन्न दलसम्बद्ध नेता कार्यकर्ता तथा विद्यार्थीसँग भेटघाट पनि गरेको पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापाले पुष्टि गरे । ‘पार्टीका नेता कार्यकर्तालाई भेटेर निर्देशन दिने कार्यक्रम थियो,’ उनले भने,‘तर अरु दलका नेता कार्यकर्ताले पनि उहाँसँग भेट्ने इच्छा गरेकाले भेटवार्ता भएको छ ।’

पार्टीका नेता एवं पूर्व मन्त्री स्वर्गीय भीमप्रसाद गौतमको परिवारलाई समेत भेट्न पुगेका भट्टराईले त्यहाँ पनि अन्य दलका नेता कार्यकर्तासँग पनि भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १८:३४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology