नवलपुर । नवलपुर स्थित मुकुन्दसेन टेलिभिजनमा चोरी भएको छ ।
टेलिभिजनका प्रबन्ध निर्देशक सुतेको कोठामा बाहिरबाट चुक्कुल लगाइ गएराति करिब २ः१५ बजे चोरी भएको हो ।
टेलिभिजन कार्यालयबाट ३ थान क्यामरा र २ थान ल्यापटप चोरी भएको टेलिभिजनका प्रबन्ध निर्देशक असिफ गुरुङले जानकारी दिए ।
गएराति नकाबधारी व्यक्ति टेलिभिजन कार्यलयमा प्रवेश गरी सामान चोरी गरेको कार्यालयमा रहेको सीसी क्यामरामा देखिएको निर्देशक गुरुङले बताए ।
सीसी क्यामरा फुटेज हेर्दा अन्दाजी ४५ वर्षीय देखिने व्यक्ति कार्यालयमा प्रवेश गरेर क्यामरा र ल्यापटप चोरी गरेको देखिएको गुरुङले बताए ।