Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुर्गा प्रसाईको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनबाट पक्राउ

दुर्गा प्रसाईको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनबाट पक्राउ

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
दुर्गा प्रसाईको  ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनबाट पक्राउ
images

चितवन । दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् ।

उनलाई हिजो (मंगलबार) जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो । थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए ।

कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ । रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडेलले बताए । त्यसका लागि अभियानको सचिवालयमा छलफल भइरहेको उनको भनाई छ ।

कालोमोसो दस्ताका संयोजक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘हिजो बेलुका सोधपुछ गरौँ, के कसो हो भनेर बुझ्नको लागि उहाँलाई ल्याएको हो । मुद्धा चल्ने जस्तो भएमा आधिकारीक रुपमा सार्वजनिक गरिहाल्छौँ’ उनले भने ।

दुर्गा प्रसाईले चितवनको नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रमको दिन भरतपुर विमानस्थलमा कालोमोसो दस्ता घोषणा गरिएको थियो । उनिहरुले आफूहरुको पहिलो निशाना बैंक तथा वित्तिय संस्था रहेको बताएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १०:०९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology