Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी अस्पतालका लागि व्यवसायी घनश्याम पराजुलीद्वारा लाखौ मूल्यको वासिङ्ग मेसिन प्रदान

आँबुखैरेनी अस्पतालका लागि व्यवसायी घनश्याम पराजुलीद्वारा लाखौ मूल्यको वासिङ्ग मेसिन प्रदान

इच्छाकामना न्युज

१९, फाल्गुण २०७९
आँबुखैरेनी अस्पतालका लागि व्यवसायी घनश्याम पराजुलीद्वारा लाखौ मूल्यको वासिङ्ग मेसिन प्रदान

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालको लागि स्थानीय व्यवसायी घनश्याम पराजुलीले वासिङ्ग मेसिन प्रदान गर्ने भएको छ । व्यवसायी पराजुलीले अस्पतालको लागि करिब १ लाख १३ हजार ६ सय ९० रुपैयाँ पर्ने एलजी कम्पनीको ८ के.जी.को वासिङ्ग मेसिन प्रदान गर्ने भएको हो । 

images

आँबुखैरेनी बजारमा जनसेवा घडि रेडियो पसल संचालन गरिरहेका व्यवसायी घनश्याम पराजुलीले उक्त वासिङ्ग मेसिन आँबुखैरेनी अस्पताललाई उपलब्ध गराउने आफुसँग वाचा गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । उनले अस्पताल जस्तो पवित्र संस्थालाई वासिङ्ग मेसिन प्रदान गर्न लागिएको प्रति व्यवसायी पराजुलीलाई धन्यावाद दिएका छन् ।

यस्तै व्यवसायी घनश्याम पराजुलीले गरिब निमुखा जनताले समेत सर्वसुलभ स्वास्थ्य उपचार पाउने पवित्र संस्थालाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको बताए । साथै आफ्नो सानो सहयोगले आँबुखैरेनी अस्पतालले नागरिकलाई सहज रुपमा थप सेवा दिन सक्ने अवस्था सृजना हुने अपेक्षा लिएको उनले बताए । 

gggg.jpg

images
प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - २१:५८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology