Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउँछौ : रेनु दाहाल

सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउँछौ : रेनु दाहाल

इच्छाकामना न्युज

१९, फाल्गुण २०७९
सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउँछौ : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको गुणस्तर थप वृद्धि गर्ने बताएकी छन्। भरतपुर–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयको ७९औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसका क्रममा नगर प्रमुख दाहालले ‘एक कक्षा कोठा, एक शिक्षक’को नीति अगाडि बढाइने उल्लेख गरिन्। 

images

मेयर दाहालले सामुदायिक विद्यालयमा रहेको विद्यार्थीको संख्या र चापलाई मध्यनजर राख्दै करिब १५० युवा स्वयंमसेवक शिक्षक थप गर्न बजेट विनियोजन गरिएको समेत जानकारी दिइन्। महानगरपालिकाले सामुदायिक विद्यालयलाई थप आकर्षणको केन्द्र बनाउन विद्यालयको पहिचान गरी कार्यक्रम लागू गर्न लागेको उनले बताइन्। 

समग्र भरतपुर नै शिक्षाको हब बन्ने क्रममा रहेको भन्दै अन्य जिल्लाबाट सिकाइको लागि यहाँका विद्यालयमा शिक्षक र विद्यार्थी आउने गरेको उनले बताइन्। मेयर दाहालले महानगरपालिकाले आटेका कामहरु क्रमशः पुरा हुँदै गएको समेत दाबी गरिन्। ‘आँटेको काम पुरा भएकै छन्,’ उनले भनिन्, ‘भरतपुरमा धेरै आयोजना निर्माणधीन छन्। एकपछि अर्को अधुरो अपुरो काम पुरा गर्ने गरी अगाडि बढेका छौ।’ 

कार्यक्रममा मेयर दाहालले विद्यालयको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तरगतको ४ कोठे भवनको शिलान्यास गरेकी छन्। ४ कोठे भवन निर्माणका लागि रु ३५ लाख विनियोजन भएको छ। चितवन जिल्लाको जेठो विद्यालयको रुपमा परिचित यस विद्यालय बागमती प्रदेशको पहिलो प्रविधिमैत्री विद्यालय पनि हो। 

विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले वर्षेनि बजेट विनियोजन गर्दै आइरहेको छ। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - १८:०१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology