Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

इच्छाकामना न्युज

८, भाद्र २०८३
गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव। गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् ।

images
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले नाजुक युद्धविराम कायम गर्न गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने योजना बनाएको छ । बोर्डका एक अधिकारीका अनुसार युगान्डाका अधिकारीहरू बुरुन्डीको सैन्य प्रतिनिधिमण्डलसँगै इजरायल पुगेका थिए ।
यगान्डाले यसै महिना संसद्बाट गाजामा सेना पठाउने निर्णय अनुमोदन गराएपछि आफ्नो सहभागिताको विवरण अन्तिम रूप दिइरहेको छ । बुरुन्डीले भने अझै कुनै निर्णय गरेको छैन तर प्रक्रियामा अघि बढ्न इच्छुक देखिएको अधिकारीले बताए । बुरुन्डीका एक सैन्य अधिकारीका अनुसार तीन वरिष्ठ अधिकारीसहितको प्रतिनिधिमण्डल इजरायल गएको थियो । युगान्डा र बुरुन्डीले कति सैनिक पठाउने वा त्यसका लागि उनीहरूले के पाउने भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।

गाजाका लागि प्रस्तावित अन्तरराष्ट्रिय बलमा मोरक्को, कोसोभो, काजाकिस्तान र अल्बानियाले पनि सैनिक पठाउने प्रतिबद्धता जनाएका छन् । युगान्डाले करिब एक हजार दुई सय र मोरक्कोले पाँच सयसम्म सैनिक पठाउने प्रतिबद्धता जनाएका छन् । अन्य तीन देशले संयुक्त रूपमा करिब ८० सैनिक पठाउने भएका छन् ।

इन्डोनेसियाले आठ हजार सैनिक पठाउने तयारी गरे पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि योजना स्थगित गरेको थियो । प्रस्तावित अन्तरराष्ट्रिय बलमा करिब २० हजार सैनिक रहने र यसको नेतृत्व अमेरिकी मेजर जनरल ज्यास्पर जेफर्सले गर्ने योजना छ ।

सम्झौताअनुसार उक्त बलले युद्धविरामको अनुगमन, प्यालेस्टिनी प्रहरीलाई तालिम तथा मानवीय सहायता सुरक्षित रूपमा वितरण गर्न सहयोग गर्नेछ । तर इजरायली सेना फिर्ता र हमासको निशस्त्रीकरणसम्बन्धी मतभेदका कारण युद्धविराम कार्यान्वयनमा प्रगति हुन सकेको छैन ।

युगान्डा र बुरुन्डीले सोमालियामा अल–शबाबविरुद्ध अफ्रिकी सङ्घको शान्ति मिसनमा लामो समय सैनिक परिचालन गरेका छन् । जर्ज वासिङ्गटन विश्वविद्यालयका सुरक्षा नीति विज्ञ पल डी। विलियम्सका अनुसार दुवै देशसँग गाजामा प्रस्तावित मिसनका लागि उपयोगी शान्ति स्थापना अनुभव छ । एक युगान्डाली सैन्य अधिकारीले गाजामा परिचालनका लागि सैनिक छनोट भइरहेको बताएका छन् ।

 
 

images
प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - १४:०१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology