Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आइसिसी विश्वकपका लागि सन्दीप लामिछाने युएई प्रस्थान

आइसिसी विश्वकपका लागि सन्दीप लामिछाने युएई प्रस्थान

images

रासस

१७, फाल्गुण २०७९
आइसिसी विश्वकपका लागि सन्दीप लामिछाने युएई प्रस्थान
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन्।  नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो। 

युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन्। युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो। नेपालले आफ्नो दोस्रो खेल भोलि युएईसँग खेल्नेछ। 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - २३:००:०४ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology