Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चितवनमा १२९ खेलाडी सितोरियो करातेमा दीक्षित

चितवनमा १२९ खेलाडी सितोरियो करातेमा दीक्षित

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८३
चितवनमा १२९ खेलाडी सितोरियो करातेमा दीक्षित
images

चितवन । चितवनमा बागमती प्रदेशस्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुरस्थित कभर्डहलमा आयोजित समारोहमा १२९ जना खेलाडी दीक्षित भएका हुन् ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा बागमती प्रदेशका चितवन, धादिङ र सिन्धुलीका खेलाडीहरूको सहभागिता रहेको थियो । सितोरियो कराते संघ बागमती प्रदेशका अध्यक्ष गगन लामाका अनुसार दीक्षित हुनेमध्ये ११३ जना प्रथम डान, १२ जना दोस्रो डान र चार जना तेस्रो डान प्राप्त गर्ने खेलाडी रहेका छन् ।

खेलाडीहरूलाई नेपाल सितोरियो कराते संघका प्रशिक्षक महेश कुमार श्रेष्ठले तीन दिनसम्म प्रशिक्षण दिएका थिए । समारोहका प्रमुख अतिथि नेपाल सितोरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले खेलाडीहरूका लागि डान प्राप्त गर्नु आफैँमा उपलब्धि भएको बताउनुभयो । उहाँले आगामी दिनमा थप जिम्मेवार भएर राष्ट्रका लागि प्रतिस्पर्धा गर्न खेलाडीहरूलाई सुझाव दिनुभयो ।

त्यस्तै, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले सिकेको ज्ञान, सीप र अनुभवमार्फत नयाँ प्रतिभालाई प्रेरित गर्न खेलाडीहरूलाई आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८३ सोमवार - १६:३०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology